इन्स्टाग्राममा १०० मिलियन फलोअर्स हुने पहिलो क्रिकेटर: विराट कोहली
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन १८, भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली मैदानभित्र मात्र नभएर मैदान बाहिर पनि उत्तिकै चर्चित छन् । सामाजिक सञ्जालमा पनि उनको उस्तै फलो गरिन्छ ।
इन्स्ट्राग्राममा एक सय मिलियन फलोअर्स हुने कोहली पहिलो क्रिकेट खेलाडी बन्न सफल भएका छन् । उनी इन्स्टाग्राममा धेरै फलो गरिने खेलाडीमा चौथो स्थानमा छन् । फुटबललर क्रिस्टियानो रोनाल्डो, लिओनल मेस्सी र नेयमार पछि विराटको फलोअर्स धेरै छ । यी तीन फुटबलरसंगै हलिउड एक्टर ड्वाने ‘दी रक’ जोनसन, अमेरिका सिंगर वियोन्स र एरिना ग्रान्डीसंगै विराट कोहली पनि १०० मिलियन क्लबमा पर्न सफल भएका हुन् ।