‘फेसन एक्सिलेन्स अफ द इयर’ अवार्ड अन्जलीलाई
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन १८, ट्रान्सजेण्डर सुपर मोडल अञ्जली लामालाई ‘फेसन एक्सिलेन्स अफ द इयर’को अवार्डबाट सम्मान गरिएको छ । भक्तपुरमा हालै भएको ‘फेसन फेयर अवार्ड २०२०’ मा अञ्जलीलाई यो अवार्ड दिइएको छ । एजेन्सीका संस्थापक निर्देशक तथा ग्ल्यामर फोटोग्राफर कमल निकोन क्षेत्रीले सबैलाई उक्त अवार्डबाट सम्मान गरेका थिए ।
ड्रिम सर्च एजेन्सीले आयोजना गरेको कार्यक्रममा ग्ल्यामर तथा फेसन फोटोग्राफर राजभाई सुवाललाई ‘फोटोग्राफर अफ द इयर अवार्ड’, कोरियोग्राफर रोजिन शाक्यलाई ‘वेष्ट इन्टरनेसनल प्याजेन्ट कोरियोग्राफर अवार्ड’, फोटोग्राफर महेश प्रधानलाई ‘इभेन्ट फोटोग्राफर अफ द इयर’, मनोरञ्जन पत्रकार नेमिष गौतमलाई ‘जर्नालिष्ट अफ द इयर’, अभिनेता गौरव पहारीलाई ‘सेलिब्रेटी अफ द इयर’ तथा मिस युनिभर्स नेपाल प्रतियोगिताका लागि नगमा श्रेष्ठलाई ‘ब्युटी प्याजेन्ट अफ द इयर अवार्ड’बाट सम्मान गरियो ।