केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘वण्डर वुमन’ गाल तेस्रोपटक आमा बन्दै

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १८, हलिउड चर्चित फिल्म ‘वण्डर वुमन’ अभिनेत्री गाल गाडोट तेस्रोपटक आमा बन्ने तयारीमा छिन् । उनले आफ्नो तेस्रो गर्भधारणको बारेमा सामाजिक सञ्जालमा बताएकी छिन्।

गाल आमा बन्ने खबर सार्वजनिक भएसँगै उनका फ्यानले बधाई दिइरहेका छन् । गालले ‘गोल्डेन ग्लोब अवार्ड’मा आफ्नो प्रस्तुति दिएपछि यो खबर सार्वजनिक गरेकी हुन् । नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार गालले आफ्नो तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै ‘हामी एक पटक तयार छौं’ लेखेकी छन् । पति जेरोन वर्सैनो र दुई छोरी अलमा तथा मायासमेत रहेको तस्वीरमा उनको बेबी बम्प देखिएको छ ।

प्रकाशित : 2 March, 2021

प्रतिक्रिया दिनुहोस्