केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जहाजमा उड्दाउड्दै ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १८, बिहान चार बजे इरानको आकाशबाट पाकिस्तानमा पस्न लाग्दा भारतीय एयरलाइन्स कम्पनी इन्डिगोको जहाजले पाकिस्तानको कराँचीस्थित विमानस्थलका अधिकारीहरूसँग आकस्मिक अवतरणका लागि अनुमति मागेका थिए।

जहाजभित्र रहेका ६७ वर्षका हबिब अर रहमानमा स्वास्थ्य समस्या देखिएपछि जहाज आकस्मिक अवतरण गरिएको थियो तर कराँची विमानस्थलका अधिकारीहरूले ती यात्रुलाई बचाउन नसकिएको जानकारी दिएका छन्। उनको जहाजमै मृत्यु भइसकेको थियो। इन्डिगोले विज्ञप्ति जारी गर्दै आपतकालीन अवतरण गरे पनि ती यात्रुलाई बचाउन नसकेकोमा दुस्ख व्यक्त गरेको छ।

प्रकाशित : 2 March, 2021

प्रतिक्रिया दिनुहोस्