नेप्सेमा ५९ अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १८, सोमबार ४० अंकको सुधार आएको शेयर बजारमा मंगलबार पुनः दोहोरो अंकको गिरावट भएको । उतारचढाजव बीच बजार परिसुचक नेप्से ५९ अंकले ओरालो लागेर २४ सय ५५ कायम भइ थामियो । जीवन बिमा समूह सबैभन्दा उच्च ५ सय ४३ अंकले ओरालो लाग्दा निर्जीवन बिमा समूह ३ सय ४३ अंकले ओर्लियो ।

मंगलबार साल्ट ट्रेडिङका लगानीकर्ताले सबैभन्दा बढि कमाउँदा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका शेयर लगानीकर्ताले बढी गुमाउन पुगे । नेपाल इन्फ्रास्टक्चर बैंक ९निफ्रा०को सबैभन्दा धेरै कारोबार भएको छ । २ सय ८ कम्पनीको १ करोड ३१ लाख कित्ता शेयर ६ अर्ब ११ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले बताएको छ । बैंकिङ, वित्त, जलविद्युत, लघुवित्त, अन्य र उत्पादनमुलक समूह दोहोरो अंकले ओरालो लाग्दा व्यापार समूह २ सय ७८ अंकले अनि होटल समुह १६ अंकले उकालो लाग्यो । आज ६ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ६९ कम्पनीको शेयर मूल्य घट्यो ।

प्रकाशित : 2 March, 2021

प्रतिक्रिया दिनुहोस्