केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टेक्सासले अनिवार्य मास्कको नियम हटाउँदै

सहयात्रा टिभी

काठमाडौँ । अमेरिकाको टेक्सासमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम हट्ने भएको छ । यस्तै व्यवसायहरुलाई पूर्ण क्षमतामा सञ्चालन अनुमति पनि दिइने भएको छ ।

टेक्सासका गर्भनर ग्रेग एबटले आउँदो हप्तादेखि नयाँ नियम लागु हुने बताएका बीबीसीले जनाएको छ । रिपब्लिकन गर्भनर ग्रेगले मंगलबार भने, ‘अब टेक्सासलाई शतप्रतिशत खुला गर्ने समय आएको छ ।’

अनिर्वाय रुपमा मास्क लगाउनु पर्ने नियम हटाउने टेक्सास अमेरिकाको सबैभन्दा ठूलो राज्य हो । गएको जुलाईमा सो नियम लागु भएको हो ।

मास्क लगाउनु पर्ने नियम लागु गरेका कारण गभर्नर ग्रेग उनकै पार्टीको आलोचनाका पात्र पनि बनेका थिए ।

तर राष्ट्रपति जो बाइडेन र उनको प्रशासनले कोरोना भाइरसको महामारी अझै पनि गम्भीर अवस्थामा रहेकाले प्रतिबन्धात्मक नियम आवश्यक रहेको स्पष्ट पारेको छ ।

टेक्सासमा अहिलेसम्म कोभिड–१९ का कारण ४३ हजार भन्दा धेरैको ज्यान गएको छ ।

मंगलबार लुबोक शहरमा भएको चेम्बर अफ कमर्सको सभालाई सम्बोधन गर्ने क्रममा गभर्नर ग्रेगसले प्रतिबन्ध फुकुवा गर्ने बताएका हुन् ।

प्रकाशित : 3 March, 2021

प्रतिक्रिया दिनुहोस्