छात्र छात्राले बिद्यालयमा मिठो खाजा बनाए

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १९, काठमाडौ जिल्लाको उत्तर पुर्बि भेगमा पर्ने गोकर्णेश्र्वर नगरपालिका वडा नं ५ अन्तरगतको जोरपाटी बराल गाउँमा अबस्थित सेन्टेनिअल मा बि मा कक्षा ९ मा अध्ययनरत ३७ जना छात्र छात्राहरूले सफा, स्वच्छ र मिठो खाना कसरी तयार गर्ने भन्ने बारे ब्यबहारिक अभ्यास गरेका छन ।

आफ्नै बिद्यालयमा भएको भान्छामा त्यसै कार्यक्रममा सहभागी भएका छात्र छात्राहरूले प्रत्येक बिद्यार्थिहरू बाट सात सात सय रूपैयाँ सहयोग स्वरूप उठाएर गोलभेडाको अचार, आलु काउलिको तरकारी, माछा, मुला र केराउको मिक्स अचार तयार गरी त्यस बिद्यालयका सबै शिक्षक शिक्षिका सहित आफ्ना कक्षाका सबै साथिहरूलाई चिउरा, भुजाका साथै दहि , मिठाई , माछा र चिसो पेय पदार्थको खाजा सेट तयार गरि बाँडेर खाएका थिए भने सो खानेकुरा बाँडने काम पनी तिनै बिद्यार्थिहरूले गरेका थिए भने उक्त खाजा खाने काम सकिएपछि बिद्यार्थिहरूले नाचगान गरि रमाईलो समेत गरेका थिए ।

यस्तै उक्त कार्यक्रम सोहि बिद्यालयको एक अतिरिक्त कृयाकलाप अन्तरगत भएको थियो भने उक्त बिद्यालयका शिक्षक शिक्षिका तथा सहभागी बिद्यार्थिहरूका अनुसार उक्त बिद्यालयमा त्यस प्रकारको कार्यक्रम २०६० सालमा सुरू गरिएको र सो कार्यक्रम हरेक बर्ष सोहि बिद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने बिद्यार्थिहरूले नियमित रूपमा संचालन गर्दै आईरहेका छन ।

प्रकाशित : 3 March, 2021

प्रतिक्रिया दिनुहोस्