जिपको ठक्करबाट नख्खुदोबाटोमा एक किशोरीको मृत्यु

काठमाडौं । फाल्गुन १९, ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट सिन्धुपाल्चोक घर भइ हाल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षीया अन्जु दाहाल मृत्यु भएको छ ।
आज बिहान सवा ५ बजे बाटो पार गर्दै गरेकी किशोरीलाई स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिएपछि उनको उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिपसहित चालकलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।