सुनको भाउ बढ्यो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १९, नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ८७ हजार पाँच सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । त्यसै गरी आज चाँदी मूल्य पनि तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय १५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित : 3 March, 2021

प्रतिक्रिया दिनुहोस्