केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेदरल्याण्डसको कतारमा आगामी विश्वकप बहिस्कार गर्ने चेतावनी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १९, नेदरल्याण्डसको सरकारले कतारमा पठाउन लागेको ब्यापारिक प्रतिनिधि मण्डलको भ्रमण स्थगित गरेको छ। आगामी सन २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको तयारीकालागि कार्य गरिरहेका आप्रवासी कामदारहरुका लागी सहयोग गर्ने लक्ष्य राखि प्रतिनिधि मण्डल पठाउन लागिएको थियो।

कतारमा १० वर्षको अवधिमा विश्वकप फुटबलको पुर्वाधार विकासकालागि कार्यरत करिब ६ हजार ५ सय आप्रवासी कामदारको मृत्यू भएको समाचार सार्वजनिक भएपछि नेदरल्याण्डसमा संसदमा समेत छलफल भएको थियो। कतारमा धेरै कामदारको मृत्यू भएको सम्बन्धमा कतार सरकारको आधिकारिक धारणा प्रतिक्षा गरिरहेको तथा त्यसपछि मात्र भ्रमणबारे तय गरिने समाचारमा बताईएको छ।

प्रकाशित : 3 March, 2021

प्रतिक्रिया दिनुहोस्