इन्टरनेटबाट फिल्म चोर्ने युवक पक्राउ

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १८, चलचित्र विकास बोर्डले मंगलबार पत्रकार सम्‍मेलन गरेर फिल्म पाइरेसी गरेको आरोपमा गत साता लमजुङका २५ वर्षीय सुजन परियारलाई पक्राउ गरी सार्वजनिक गरिएको छ। उनी सिनेमा घर गोल्ड एपलगायत अन्‍य एपहरुबाट नेपाली फिल्म पाइरेसी गर्दै बजारमा पठाउने प्रहरीले बताएको छ । उनले मोबाइल र टेलिभिजनमा प्रसारण भइरहेका फिल्म रेकर्ड गरेर टेलिग्राम एपमार्फत बिक्री गरेको पनि कार्यक्रममा जानकारी दिइयो।

उनलाई प्रतिनिलिपि अधिकार ऐन २०४९ अनुसार कारबाही गरिने प्रहरीले जना‍एको छ। प्रतिलिपि अधिकार ऐनको दफा २६ उल्लंघन गरी कुनै रचनाको अनधिकृत प्रतिलिपि बनाएमा त्‍यस्ता प्रतिलिपि जफत गरी निजलाई कसुरको मात्रा अनुसार दश हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्‍म जरिवाना हुने प्रावधान रहेको छ।

प्रकाशित : 3 March, 2021

प्रतिक्रिया दिनुहोस्