केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जापानका युसाकाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि आठ सदस्यहरूको खोजी गर्दै

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १९, जापानका एक अर्बपति युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरीबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन्। उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुनेछ। उनले पूरै यात्राकोलागि आवश्यक खर्च आफूले गर्ने र अन्य सहभागीको यात्रा नि:शुल्क हुने पनि बताएका छन् । डियरमून नामक अन्तरिक्ष मिसन सन् २०२३ मा उड्ने तय गरिएको छ।

सो मिसनमा सहभागी हुने आवेदकहरूले २ वटा मापदण्ड पूरा गर्नुपर्नेछ। उनीहरू “जुनसुकै गतिविधि” मा भए पनि उनीहरूले ‘अन्य मानिस र बृहत समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्नेछ’ र ‘ त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न ईच्छुक हुनुपर्नेछ’ उनले भने।

प्रकाशित : 3 March, 2021

प्रतिक्रिया दिनुहोस्