झारफुक गर्नेले पनि अब अनिवार्य दर्ता गर्नु पर्ने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १९, धामी झाँक्री जस्ता परम्परागत उपचारमा संलग्न उपचारकहरुले पनि अबदेखि गाँउपालिका तथा नगरपालिकामा दर्ता गर्नु पर्ने छ। परम्परागत उपचारकको सुचिकरण मापदण्ड २०७७ का अनुसार आफ्नो पुर्विय वा गुरुकुलीय प्रथा अनुरुपको ज्ञान सिपको आधारमा यस्ता व्यक्तिले रोगीको जाँच घरैमा बसेर उपचार गर्नु पर्दछ।

झारफुक गर्ने मानिसहरुले समेत आफूले उपचार गरेका मानिसहरुको लगत राख्नु पर्ने भएको छ भने उनिहरुले दिएका जडिबुटी आदि औषधि कहाँबाट प्राप्त भएको हो त्यसको पनि लगत राख्नु पर्ने ब्यबस्था गरिएको बताईएको छ। उपचारको सुचिमा ज्योतिष,धामी, झांक्री, झारेफुके, जान्ने मान्छे पण्डित पुजारी आदिलाई समावेस गरिएको छ। यस्ता उपचारले आफनो सेवाको वारेमा सम्पुर्ण सेवाग्राहीलाई जानकारी गराउनु पर्नेछ। तर उनिहरुले आफूले प्रदान गर्ने सेवाको प्रचार प्रसार गर्न पाईने छैन।

यस मापदण्डको लक्ष्य परम्परागत उपचार गर्नेहरुको पहिचानगरी तथ्याङ्क संकलन गर्नु रहेको बताईएको छ। सुचिकृत नभई स्वास्थ्य सेवा प्रदान गर्ने परम्परागत उपचारकलाई कानून बमोजिम कारबाही गरिने कुरा पनि मापदण्डमा जनाईएको छ।

प्रकाशित : 3 March, 2021

प्रतिक्रिया दिनुहोस्