सुडानमा विमान दुर्घटना, १० को मृत्यु

काठमाडौं । फाल्गुन १९, दक्षिण सुडानमा विमान दुर्घटना भएको छ । दक्षिण सुडानको जुबा इन्टरनेशनल विमानस्थलका निर्देशकले दिएको जानकारी अनुसार उक्त दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।
मंगलबार विमानस्थलबाट उडेको केही समयमा नै सो विमान दुर्घटनामा परेको थियो । स्थानीय सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार उक्त विमान सुप्रिम एयरलाइन्सको एचके-४२७४ मोडलको थियो । सुप्रिम एयरलाइन्सको लागि यो दोस्रो विमान दुर्घटना हो । दक्षिण सुडानका गभर्नर डेने जोक चागोरले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटनाको समाचारले ठूलो दुःख परेको बताएका छन् । उनले उक्त विमान दुर्घटनामा परी दुई पाइलटसहित १० जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।