थाइल्याण्डमा लिङ्ग परिवर्तन गरी पुरुषबाट महिला भएकी सञ्जीवनीले महिलाका नाममा नागरिकता

काठमाडौं । फाल्गुन २०, मकवानपुरमा तेस्रोलिङ्गी सञ्जीवनी लोप्चनले नागरिकता परिवर्तन गरेकी छन् । १४ वर्ष अगाडि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पुरुषका रुपमा लिएको नागरिकता फिर्ता गर्दै उनले महिलाका नाममा नागरिकता लिएकी हुन् ।
सजीव लोप्चनको नाममा लिएको नागरिकता फिर्ता गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट महिला (सञ्जीवनी) को नाममा नागरिकता लिएकी हुन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले नेपालको कानुनअनुसार लोप्चनको नागरिकता परिवर्तन गरेको बताए ।
आफू पुरुष भए पनि महिलासरहको चाहना आफूमा देखिएको महसुस भएपछि पुरुषको नाममा बनेको नागरिकता आफैलाई असुहाउँदो लाग्न थालेकाले नागरिकता परिवर्तन गरेको उनको भनाइ रहेको छ ।