यी बलिउड अभिनेतासँग छ सयौँ करोडभन्दा बढी मूल्य पर्ने यस्तो चिज
काठमाडौं । फाल्गुन २०, बलिउडका चर्चित अभिनेता शाहरुख खानले बलिउड प्रवेश गर्नुअघि ५० रुपियाँ भारतीय रकम लिएर काम गरेका थिए । उनीसँग अहिले १०० करोडभन्दा बढी मूल्य पर्ने ४ चीजहरु छन् ।
कोलकाता नाइट राइडर्स:
मिडिया रिपोर्टको अनुसार शाहरुख खानले कोलकाता नाइट राइडर्स टीममा खानको लगानी ५५ प्रतिशत हिस्सा रहेको छ । सन् २०१९ मा टिमको कुल मूल्य ६३० करोड रहेको छ ।
मन्नत:
मिडिया रिपोर्टका अनुसार मुम्बईस्थित शाहरुख खानको घरको मूल्य २०० करोड रुपियाँभन्दा बढी रहेको छ । उनले उक्त घर सन् २००१ मा घर खरिद गरेका थिए भने घरको नाम ‘विला वियेना’ राखेका छन् । जुन नाम परिवर्तन गरेर उनले ‘मन्नत’ नाम राखे । उनको घरमा सबै सुख, सुविधासहित स्वीमिङ पुल, जिम, ओडिटोरियम, मिनि थिएटर र लाइब्रेरी जस्ता सुविधाहरु छन् ।
रेड चिली इन्टरटेनमेन्ट:
शाहरुख खान र गौरी खानको स्वामित्वमा रहेको ‘रेड चिली इन्टरटेन्टमेन्ट’ देशकै ठूलो वीएफएक्स र प्रोडक्शन कम्पनीहरुमा एक हो । उनको यो कम्पनीको मूल्य अहिले ५०० करोडभन्दा बढी रहेको छ ।
लण्डनमा रहेको लग्जरी भिला:
उनको मुम्बईमा मात्र होइन विदेशमा पनि भव्य बंगला रहेको छ । उनको सेन्ट्रल लण्डनको पार्क लेन इलाका भव्य बंगला रहेको छ । उक्त बंगलाको मूल्य २०० करोडभन्दा बढी रहेको छ ।