सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २०, नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य तोलामा ८७ हजार पाँच सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८६ हजार पाँच सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८६ हजार ५० सय कायम रहेको छ । त्यस्तैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा १३१५ मा कारोबार भएकोमा आज घटेर तोलामा १२८५ कायम भएको महासंघले बताएको छ ।

 

 

प्रकाशित : 4 March, 2021

प्रतिक्रिया दिनुहोस्