के तपाँई कलाकार बन्न चाहानुहुन्छ ? चलचित्र ‘प्रेमगञ्ज’का लागि अडिसन हुने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन २०, ‘चलचित्र चौतारी’को ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्जु को लागि कलाकारको खोजी कार्य गरिएको छ । विगत २५ बर्षदेखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको सो फिल्मका लागि मुख्य १ जना नायक र २ जना अभिनेत्री लगाएत अन्य चरित्र अभिनेता अभिनेत्रीको पनि अडिसन हुने छ ।
निर्माण पक्षले अडिसनबाट नै चलचित्रका नायक, नायिका चयन गर्ने बताएको छ । सो चलचित्रको अडिसन कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा फागुन २७ गते बिहिबार हुने निर्माण टिमले बताएका छन् ।