१७ वर्षीया किशोरी १२ दिनदेखि बेपत्ता

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २१, जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी खैरेनीटार माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत १७ वर्षीया अस्मिता सुनार बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् । फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु राजेश सुनारले बताए ।

बहिनी हराएपछि जानकारी सम्भावित नदीनाला र आफन्त इष्टमित्र सबैतिर खोजतलास गरे पनि भेट्टाउन नसकिएको उनले बताए । उनीसँग मिल्ने साथीलाई बोलाएर सोधपुछ गर्दा पनि कुनै जानकारी हुन नसकेको उनले बताए । उनको स्वभाव अलि घमण्डी रहेको परिवारले बताएको छ । गहुँगोरी र रातो ज्याकेट लगाएको हुनाले भेट्नुहुनेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनसमेत परिवारले आग्रह गरेको छ ।

प्रकाशित : 5 March, 2021

प्रतिक्रिया दिनुहोस्