आज पनि घट्यो सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २१, नेपाली बजारमा सुनको मूल्य आज फेरि घटेको छ । बिहिबार सुनको मूल्य तोलामा ८६ हजार पाँच सयमा कारोबार भएकोमा आज तोलामा ९०० सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८५ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८५ हजार १५० सय कायम गरिएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा १२८५ मा कारोबार भएकोमा आज घटेर तोलामा १२५० कायम भएको महासंघले बताएको छ ।

 

 

 

प्रकाशित : 5 March, 2021

प्रतिक्रिया दिनुहोस्