ज्योति लाइफको आइपीओ आजदेखि खुला

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २१, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ करोड रुपैयाँ बराबरको आइपीओमा शुक्रबार (आज) देखि आवेदन दिन सकिने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार फागुन २३ गते आइतबारदेखि निष्कासन हुने भनिए पनि सीडीएससीको निर्देशनमा ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ तोकिएको मितिभन्दा २ दिनअगाडि नै निष्कासन गरिएको हो ।

सीडीएससीले कारोबार दिनमा मेरो सेयर पोर्टलमा लोड पर्ने हुँदा शुक्रबार सेयर कारोबार नहुने दिनमा आइपीओ निष्कासन गर्न निर्देशन दिएकोले सोहीअनुसार २ दिनअगाडि नै यो कम्पनीको आईपीओ निष्कासन गरिएको एनएमबी क्यापिटलले जनाएको छ।

 

 

 

 

 

 

प्रकाशित : 5 March, 2021

प्रतिक्रिया दिनुहोस्