भर्खरै नेपाल भित्रिएको निशान म्यागनाइट
काठमाडौं । फाल्गुन २२, नेपाल भित्रिएको निशानको म्यागनाइट धेरै भेरिएन्ट भएको गाडी मध्ये एक हो र यसको कुल ११ भेरिएन्ट नेपालमा उपलब्ध छ। निशानको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले म्यागनाइट एसयूभी नेपाली बजारमा ल्याएको हो।
यसमा पेट्रोल इन्जिनले ६ हजार २ सय ५० आरपिएममा ७२ पिएस पावर र ३ हजार ५ सय आरपिएममा ९६ एनएम टर्क जेनेरेट गर्छ। यसको डिजेल इन्जिनले ५ हजार आरपिएममा एक सय पिएस पावर र २ हजार ८ सयदेखि ३ हजार ६ सय आरपिएममा १६० एनएम टर्क जेनेरेट गर्छ।
सुरक्षाको लागि यसमा डुअल एयरब्याग, एबिएस, इबिडी, सिट बेल्ट रिमाइन्डर, एलइडी फ्रन्ट फग ल्याम्प, स्पिड सेन्सिङ लक, रेयर क्यामरा विथ प्रोजेक्सन गाईड, हिल स्टार्ट असिस्ट, रिमोट किलेस इन्ट्री लगायतका फिचर्स समेत समावेस गरिएको छ भने यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पनि दिइएको छ।
यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, स्ल्कि हेड ल्याम्प, एडजस्टेवल सिट, पावर विन्डो, पावर स्टेरिङ, एयर कन्डिसनर विथ हिटर, क्रुज कन्ट्रोल, वायरलेस चार्जर, एयर प्यूरिफायर लगायतका फिचर्स दिइएको छ। २०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा ३३६ लिटर बुट स्पेस छ। म्यागनाइट विभिन्न ८ वटा रङ्गमा उपलब्ध रहेको छ। कम्पनीले गाडीको मूल्य २९ लाख ४९ हजार देखि ४२ लाख ७९ हजारसम्म निर्धारण गरेको बताईएको छ।