योगेश भट्टराईद्धारा ताप्लेजुङका आगलागी पीडितलाई पाँच लाख आर्थिक सहयोग

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २१, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित परिवारलाई रु ५ लाख आर्थिक सहयोग गरेका छन्।

आगलागी क्षेत्रको निरीक्षणपछि विस्थापित परिवारका लागि आज उहाँले मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङ लिम्बूलाई सो रकम हस्तान्तरण गरेको जनाईएको छ। यसैबीच प्रदेशसभा सदस्य होमकुमारी सावाँ लिम्बूले समेत आगलागीपीडित परिवारका लागि नगद रु ५० हजार सहयोग गरिन्।

 

प्रकाशित : 5 March, 2021

प्रतिक्रिया दिनुहोस्