पाटनबाट ३७ वर्षअघि हराएको मूर्ति अमेरिकाद्धारा नेपाललाई हस्तान्तरण

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २२, ललितपुरको पाटनबाट ३७ वर्षअघि हराएको वासुदेव-कमलाजा (लक्ष्मी-नारायण) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । वासिङ्टनमा रहेको नेपाली दूतावासमा भएको कार्यक्रममा अमेरिकाले नेपाललाई हराएको प्राचीन मूर्ति हस्तान्तरण गरेको हो ।

अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो एफबीआईका उपसहायक निर्देशक तिमोथी एन डन्हाम अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई वासुदेव-कमलाजाको मूर्ति हस्तान्तरण गरेका हुन् । अमेरिकी विदेशमन्त्रालयका प्रमुख उपसचिव इर्भिन मासिङ्गाले नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिकाले सधैँ सहकार्य गर्दै आएको र चोरिएको वासुदेव(कमलाजा जस्तो प्राचीन मूर्ति हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।

अमेरिकाको टेक्सास राज्य डल्लास म्युजियम अफ आर्टमा गएको वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको नारायण मन्दिरबाट हराएको थियो ।

 

प्रकाशित : 6 March, 2021

प्रतिक्रिया दिनुहोस्