नारायणगढ–मुग्लिन सडक एक हप्ताका लागी दिउँसो बन्द

सहयात्रा टिभी

काठमाडैं । फाल्गुन २३, नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट एक हप्ताका लागि दिउँसो बन्द गरिने भएको छ । पहिरोको रोकथामका बाँकी काम सम्पन्न गर्न फागुन २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको छ । सडकखण्डमा बिहान साढे दश बजेदेखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनियर सविना रानाभाटले जानकारी दिनुभयो ।

नारायणगढतर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिन तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिने छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्ड अन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको बताईएको छ ।

प्रकाशित : 7 March, 2021

प्रतिक्रिया दिनुहोस्