एथ्लेटिको म्याड्रिडसँगको दुरी घटाउँदै: बार्सिलोना

सहयात्रा टिभी

काठमाडैं । फाल्गुन २३, १८ वर्षीय इलाइक्स मोरिबाले क्लबका लागि पहिलो गोल गर्दा बार्सिलोनाले ओसासुनालाई हराउँदै शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी २ अंकमा घटाउन सफल भएको छ । शनिबार राति सम्पन्न खेलमा बार्सिलोना २-० गोलले विजयी बनेको छ । खेलको ३० औँ मिनेटमा जोर्डी अलाबाका लागि मेस्सीले गोलको अवसर सिर्जना गरे भने खेलको अन्त्यतिर युवा खेलाडीका लागि गोलको अवसर सिर्जना गरे ।

२६ खेलपछि बार्सिलोनाको ५६ अंक रहेको छ । दुई खेल कम खेलेको एथ्लेटिकोको ५८ अंक रहेको छ । पहिलो हाफमा बार्साका मार्क आन्द्रे टेर स्टेगनले ओसासुनाका दुईवटा सुन्दर प्रहारलाई विफल बनाएका थिए । २६ खेलपछि बार्सिलोनाको ५६ अंक रहेको छ । दुई खेल कम खेलेको एथ्लेटिकोको ५८ अंक रहेको छ । शनिबार नै भएका अन्य खेलमा चौथो स्थानमा सेभिया इल्चेसँग १-२ गोलले पराजित भयो भने गेटाफे पनि समान गोलअन्तरले रियल भालाडोलिडसँग पराजित हुन पुग्यो ।

प्रकाशित : 7 March, 2021

प्रतिक्रिया दिनुहोस्