डिम्याट खाताको संख्या ३१ लाख

सहयात्रा टिभी

काठमाडैं । फाल्गुन २३, सेयर बजारमा पछिल्लो समय यतिधेरै आकर्षण देखिएको छ कि गल्लीका चिया पसलहरुमा पनि अहिले ‘आईपीओ’ का विषयमा छलफल हुन्छ । शुक्रबारदेखि खुलेको ज्योति लाइफ इन्स्यारेन्सको आईपीओमा पहिलो दिन नै पौने तीन लाख जनाले आईपीओका लागि आवेदन दिएको पाईएको छ ।

पछिल्लो पटक खुला भएको महिला लघुवित्त वित्तीय संस्थाको आईपीओका लागि १५ लाख ८५ हजारले आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य बताउँछन् । आईपीओका लागि आवेदन दिनेहरुको यो तथ्यांक हालसम्मै उच्च हो । हाल डिम्याट खाताको संख्या करिब ३१ लाख छ । उता दोस्रो बजारमा कारोबार गर्नका लागि अनलाइन सुबिधा लिनेहरुको संख्या भने ४ लाख ४५ हजारमात्रै रहेको छ ।

प्रकाशित : 7 March, 2021

प्रतिक्रिया दिनुहोस्