मिथुन चक्रवर्ती कुन पार्टीमा प्रवेश ?
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन २३, भारतका चर्चित फिल्म अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा समावेश भएका छन् । उनले कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा प्रधानमन्त्री मोदीको र्यालीको मञ्चमा बिजेपीको झण्डा लहराए ।
अब हिंदी र बांग्ला फिल्मका अभिनेता मिथुन चक्रवर्ती भाजपाका लागि चुनाव प्रचार गर्नेछन् । बामपन्थमा मञ्चमा देखिने मिथुन अब बिजेपीमा देखिनुलाई सबैभन्दा ठूलो यूटर्नको रुपमा हेरिएको छ ।
मिथुनको राजनीतिसँगको सम्बन्ध कुनै नयाँ होइन । ममता बनर्जीले उनलाई टीएमसी कोटाबाट राज्यसभा पठाइन् तर मिथुन चाँडै नै राजनीतिको सीमाबाट बाहिर निस्किएका थिए । उनले संसदको सदस्यता छोडिदिए । तर अब उनी एकपटक पुनः राजनीतिमा प्रवेश गर्ने तयारी गरिरहेकको ।