विक्की र पुष्पराजलाई ‘गोल्डेन की’

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २३, हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ मा सिक्किमका विक्की अग्रवाल र धनकुटाका पुष्पराज ओझा ‘गोल्डेन की’ पाउँदै उत्कृष्ट २४ भित्र पर्न सफल भएका छन् । दुवै जना फिजिकल अडिसनबाट सिधै उत्कृष्ट २४ भित्र पर्न सफल भएका हुन् ।

आउँदो साता प्रशारण हुने अडिसन राउन्डको तेश्रो र चौथो भागपछि अन्तिम २४ को टुंगो लाग्नेछ । यसपटक निर्णायकले ६ जना उत्कृष्ट प्रतिस्पर्धीलाई गोल्डेन कि दिदै अन्तिम २४ मा पुर्याउन सक्ने अधिकार पाएका छन् । यो गत सातादेखि शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट कान्तिपुर टेलिभिजनमा प्रशारण हुन थालेको हो । शुक्रबार र शनिबार प्रशारण भएको यो शोको फिजिकल अडिसनमा विक्की र पुष्पराज अन्तिम २४ मा ‘गोल्डेन की’ प्राप्त गर्दै प्रवेश गर्दा अरु प्रतिस्पर्धीको बिषयमा निर्णय सार्वजनिक भएको बताईएको छ ।

प्रकाशित : 7 March, 2021

प्रतिक्रिया दिनुहोस्