नेप्सेमा एक करोड ८० लाख कित्ता शेयर सूचीकृत

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २३, आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक करोड ८० लाख कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेमा माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

लक्ष्मी बैंकको ९ प्रतिशत बोनस शेयर वापतको ८८ लाख ३१ हजार ३०३ दशमलव ५६ कित्ता र छिमेक लघुवित्तको २२ प्रतिशत बोनस शेयर वापतको ३३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । त्यसैगरी, माछापुच्छ्रे बैंकको ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर वापतको ५९ लाख ४६ हजार १६९ दशमलव ३१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । सोमवारदेखि दोस्रो बजारमा कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

प्रकाशित : 7 March, 2021

प्रतिक्रिया दिनुहोस्