आगामी तीन दिनको मौसम पूर्वानुमान

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २४, देशका पहाडी तथा हिमाली भेगमा आज पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू-भागहरूमा पूर्ण बदलीको अवस्था रहेको महाशाखाले बताएको छ ।

तीन दिनको मौसम पूर्वानुमान:

फागुन २४ (सोमबार)
सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरुमा सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका पहाडी भू–भागहरुको थोरै स्थानहरुमा तथा वाग्मती र प्रदेश १ का एक दुई स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशको केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

फागुन २५ (मंगलबार)
देशका पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन २६ (बुधबार)
देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । देशका पहाडी भूभागका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

 

 

प्रकाशित : 8 March, 2021

प्रतिक्रिया दिनुहोस्