फिल्म ‘आँधी तुफान–२’मा साउथ फिल्मका सुपरस्टार भिलेन कनिज
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन २४, फिल्म ‘आँधी तुफान-२’मा भिलेनको रुपमा कनिज कोइराला देखिने भएका छन् । साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’मा भिलेनको रुपमा देखिएका कनिजसँग ‘आँधी तुफान-२’ अभिनयका लागि एग्रिमेन्ट भइसकेको फिल्मका निर्माता मौनता श्रेष्ठले जानकारी दिए । श्रेष्ठले ‘आँधी तुफान-२’ अभिनयका लागि केही समयपछि कनिज नेपाल आउन लागेको समेत बताए ।
‘आँधी तुफान-२’मा भिलेन नयाँ रुपमा पस्कने उद्देश्यले कनिजलाई लिईएको हो । कनिज हेर्दैमा भिलेन लुक्स परेका छन् । उनी अहिले भारतको हैदराबादमा छन् । त्यहाँ उनले प्रभासको नयाँ फिल्म ‘आधीमानव’ अभिनय गरिरहेको बताइएको छ । ‘आधीमानव’ पछि उनको हातमा केही साउथ फिल्म छन् । तर उनले ति फिल्म ‘आँधी तुफान-२’ पछि अभिनय गर्ने बताइएको छ ।
फिल्ममा कनिजका अलवा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुर्व कोईराल,संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ । नेपाली फिल्मका सफल लेखक समेत रहेका मौनता श्रेष्ठको निर्माण तथा लेखन रहने फिल्म केही दिन अगाडि राजधानीमा एक कार्यक्रममाबीच घोषणा भएको थियो । फिल्मलाई मदन घिमिरेले निर्देशन गर्न लागेका हुन् ।