सम्बन्धविच्छेद पछि ४१ खर्ब भन्दा बढी सेयर पाएकी महिला
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन २४, संसारका सर्वाधिक धनाढ्य जेफ बेजोसकी पूर्व श्रीमती म्याकेन्जी स्कटले एक हाइस्कूल साइन्स टिचर डेन ज्यूवेटसँग विवाह रचाएपछि चर्चामा आएकी छिन् । जेफ बेजोससँग सम्बन्धविच्छेद पछि म्याकेन्जीले ३५.६ बिलियन डलर (४१ खर्ब रुपैयाँ) को सेयर पाएकी थिइन् ।
स्कटको अमेजन बायोग्राफी पनि अपडेट गरिएको छ । यसमा लेखिएको छ, ‘उनी सिएटलमा आफ्ना चार सन्तान र श्रीमान् डेनसँग बस्छिन् ।’ द वाल स्ट्रिट जर्नलले पनि यी दुईले विवाह गरेको समाचार प्रकाशित गरेको छ । सन् २०२१ मा आइपुग्दा उनको कूल सम्पत्ति ५० अर्ब अमेरिकी डलर्सभन्दा पनि बढी भइसकेको छ र उनी संसारकी तेस्रो सर्वाधिक धनी महिला पनि हुन् ।