बाँकेको सुइयाँ गाउँमा आगलागी हुँदा १६ घर जलेर नष्ट

काठमाडौं । फाल्गुन २४, बाँकेको नरैनापुर गाउँपालिका १ सुइयाँ गाउँमा आगलागीबाट १६ घर जलेर नष्ट भएका छन्। सोमबार बिहान मनिजर पासीको फुसले छाएको कच्ची घरबाट आगलागी सुरु भएको प्रहरीले बताएको छ।
प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आगालागीबाट मनिजर पासी, नाफे पासी, रंगै पासी, राम समुझ पासी‚ मनै साई सहज राम पासी, मृत लाल पासी सन्तोष पासी बौरा पासी मुन्के पासी र सिराज पासीको घर पूर्णरूपमा क्षति भएको छ। साथै‚ आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको र क्षतिको पूरा विवरण आउन पनि बाँकी रहेको लुम्बिनी प्रहरी प्रदेश कार्यालयले जनाएको छ।