धोनीको ब्राण्डसँग ईपीएल जोडियो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २४, भारतीय स्पोर्टस् वेयर कम्पनी सेभेन काठमाडौंमा आगामी सेप्टेम्बरमा हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) को मुख्य सहप्रायोजक बनेको छ ।

सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म हुने ईपीएलमा सेभेन ६ वटै फ्रेन्चाईज टिमको किटिङ, क्लथिङ र मर्चेनडाइज पार्टनरको रुपमा रहने छ भने सेभेन रीति ग्रुप अन्तर्गत रहको भारतीय फिटनेस र लाइफ स्टाइल स्पोर्ट्सवेयर ब्रान्ड हो ।

ईपीएलमा प्रबन्ध निर्देशक आमिर अख्तरले सेभेनसंग जोडिन पाएकामा खुशी व्यक्त गरे । सेभेन भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको स्पोर्ट्स वेयर ब्राण्ड हो । ईपीएल र सेभेनबीच ३ वर्षका लागि सम्झौता भएको बताईएको छ ।

रीति ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण पाण्डेले ईपीएलसँग करिब ८० लाख भारतीय रुपैयाँ बराबरको सम्झौता भएको बताए । ‘हामी सबै टिमलाई जर्सीहरु प्रदान गर्छौं’ उनले बताए ।

प्रकाशित : 8 March, 2021

प्रतिक्रिया दिनुहोस्