हरेक वर्ष ९० करोड टनभन्दा धेरै खाद्यपदार्थ खेर जान्छ

काठमाडौं । फाल्गुन २४, विश्वव्यापी एउटा प्रतिवेदन अनुसार हरेक वर्ष ९० करोड टन खाद्यान्न फ्याँकिने गरिएको छ। संयुक्त राष्ट्रसङ्घको वातावरण कार्यक्रम फुड वेस्ट इन्डेक्सले पसल, घर र रेस्टुराँहरूमा उपभोक्ताको निम्ति उपलब्धमध्ये १७ प्रतिशत खानेकुरा सीधै फोहर फालिने भाँडोमा जाने गरेको जनाएको छ।
राष्ट्रसङ्घको साझेदार सङ्गठन वेस्ट एन्ड रिसोर्सेस एक्शन प्रोग्र्याम (डब्ल्यूआरएपी) ले आफ्नो प्रतिवेदनमा मानिसहरूले थप सावधानीपूर्वक खाना र किनमेलबारेको योजना बनाउन थालेको उल्लेख गरेको छ।
खेर जाने खाद्यपदार्थ कम गर्न विज्ञहरूले ठिक मात्रामा किन्ने योजना बनाउने, खाना पकाउने बेला आवश्यक मात्रा नाप्ने, फ्रिजको चिसोपना बढाउने लगायतका सुझाव दिएका छन्। डब्ल्यूआरएपीको अनुसन्धानले आफूले खाने जतिमात्रै किन्ने हो भने यूकेमा औसत रूपमा रहेक घरले प्रत्येक वर्ष ७०० पाउन्ड जोगाउन सक्ने देखाएको छ।