अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौमा रिलिज
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन २४, अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’को रिलिज मिति घोषणा गरिएको छ ।
फिल्म निर्माण समूहले आउँदो वर्षको भदौ १८ लाई रिलिज मिति तोक्दै फष्टलुक पोस्टर समेत सार्वजनिक गरेको पाईएको छ । सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा झरना थापाको निर्देशन रहेको छ ।
उक्त फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । फिल्म ‘ए मेरो हजुर ४’ हाल छायांकनको अन्तिम चरणमा रहेको छ । कोभिडअघि छायांकन भइरहेको यो फिल्म लकडाउनको कारण रोकिएको थियो ।