नेप्सेमा दुई करोड २३ लाख कित्ता शेयर सूचीकृत

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २५, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार दुई कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा एनएमबी बैंक र ज्योति विकास बैंकका बोनस शेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार एनएमबी बैंकको १३ प्रतिशत बोनस शेयर वापत एक करोड ८७ लाख ८२ हजार ७८ कित्ता शेयर सूचीकृत भएको छ भने ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर वापत ३४ लाख ९५ हजार २९३ कित्ता शेयर सूचीकृत भएको बताईएको छ ।

प्रकाशित : 9 March, 2021

प्रतिक्रिया दिनुहोस्