सिमेन्ट बोकेर ल्यउदै गरेको ट्रक त्रिशूली नदीमा खस्यो

काठमाडौं । फाल्गुन २५, मंगलबार बिहान त्रिशूलीमा सिमेन्ट बोकेको ट्रक खस्दा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
बिहान पौने १ बजे बेनिघाट रोराङ गाउँपालिका–१० तिङग्राङखानीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा ट्रक खसेको थियो। रूपन्देहीबाट काठमाडौं सिमेन्ट बोकेको ट्रक नदीमा खसेको गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
ट्रक खस्दा चालक काभ्रे बनेपा नगरपालिका नालाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको इन्स्पेक्टर पाण्डेले बताए। उनका अनुसार उनीहरूको ट्रककै क्याबिनमा थिचिएर मृत्यु भएको हो। क्याबिनमा च्यापिएका उनीहरूको शव प्रहरीले तीन घण्टा लगाएर निकालेको थियो।