कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २५, मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।

परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म चल्नेछ । कोभिड-१९ महामारीका कारण सरकारले यस वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको छ ।

यसअघि वैशाखदेखि चैतसम्म शैक्षिक सत्र सञ्चालन हुने गरेको थियो । मन्त्रिपरिषदको बैठकले शिक्षा नियमावली संशोधन गरेर दुई महिना शैक्षिक सत्र थप गर्ने अधिकार मन्त्रालयलाई दिएको थियो ।

प्रकाशित : 9 March, 2021

प्रतिक्रिया दिनुहोस्