सात करोडको लगानीमा काठमाण्डौंको गोठाटारमा खुल्यो वाटर फन पार्क

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २५, काठमाण्डौंको गोठाटारमा ७ करोड रुपैयाँ निजी लगानीमा ुगोठाटार वाटर फन पार्क प्रा लिु खुलेको छ । काठमाण्डौंको व्यस्त दैनिकीबाट छुटकरा दिलाउने अभिप्राय तथा आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै उक्त वाटर पार्क सञ्चालनमा ल्याइएको हो ।

काठमाण्डौं कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ मा ७ रोपनी जग्गामा फैलिएको उक्त फनपार्क कृष्ण मुरारी पुडासैनी र छवीलाल पुडासैनी दाजुभाईको निजी लगानीमा खुलेको हो ।

पार्कमा प्रवेश गर्नका लागि ग्राहकले प्रतिव्यक्ति ३५० रुपैयाँ शुल्क तिर्नुपर्छ । विद्यार्थी परिचयपत्र हुनेले भने ३०० रुपैयाँ तिरेपछि प्रवेश पाउनेछन् । नजिकिँदो गर्मी यामलाई लक्षित गर्दै खुला गरिएको पार्कमा दैनिक ५०० जनासम्म अटाउन सक्ने क्षमता रहेको छ । भावी दिनमा १ हजार जनाको क्षमता पुर्याउने पार्क सञ्चालकको योजना रहेको छ ।

सो वाटर पार्कभित्र सुइमिङ पुल, वाल क्लाइम्बिगं, बाल उद्यान, झर्ना, चिप्लेटी, पिङ, आदीको मज्जा लिन सकिन्छ भने पार्कभित्र फोटो सेसनका लागि चराको गुँडको आकृति लगायत विभिन्न सुविधा मार्फत पार्कमा जाने ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्न खोजिएको बताईएको छ । भोजनका लागि रेष्टुरेन्टको व्यवस्था गरिएको रहेको छ । जहाँ उचित मूल्यमा विभिन्न खानाका परिकार मार्फत पार्कमा जाने ग्राहकले भोक मेटाउन सक्नेछन् ।

प्रकाशित : 9 March, 2021

प्रतिक्रिया दिनुहोस्