सन् २०३० सम्म आउने एप्पलका उत्पादन
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन २५, एप्पलका विश्लेषक मिङ–ची कुओका अनुसार अबको ९ वर्षभित्र एप्पलले पुराना उत्पादन भन्दा केही नयाँ सार्वजनिक गर्न सक्ने अनुमान रहेको छ।
कम्पनीले सन् २०२२ मा एआर फिचर भएको हेडसेट, सन् २०२५ मा एप्पल ग्लास र सन् २०३० मा कन्ट्याक्ट लेन्स सार्वजनिक गर्न सक्ने एप्पल इन्साइडरले जनाएको छ।
केही वर्ष यतादेखि एप्पल हेडसेटको डिस्प्ले बनाउन काम गरिरहेको चर्चा थियो। कम्पनीसँग हेडसेटको हेलमेटबारे प्रोटोटाइप पनि हुन सक्ने बताइएको थियो। उक्त हेलमेटको तौल करिब दुई सयदेखि तीन सय ग्रामको हुने रिर्पोटमा उल्लेख गरीएको छ। यसमा ओएलइडी डिस्प्ले प्रयोग हुने र प्रयोगकर्ताले दुवै एआर र भिआर फिचरको अनुभव लिन सक्ने विश्लेषक मिङ–ची कुओले जनाएका छन्।
एआर र भिआर फिचर डिजिटलाइज्डको अनुभव गराउन स्मार्ट चस्मा तथा गेमिङ हेडसेटमा प्रयोग गरिन्छ। एप्पलले तयार पार्ने हेडसेट हेल्मेटको मूल्य एक हजार अमेरिकी डलर हुने एप्पल इन्साइडरको भनाइ छ। हेडसेट सार्वजनिक गरेपछि कम्पनीले प्रयोगकर्ताबिच एप्पल टि.भीको पनि प्रचार गर्न सक्ने अनुमान लगाइएको छ । एप्पल ग्लास उत्पादन गर्न भने समय लाग्न सक्ने भनिएको छ। एप्पले पनि अहिलेसम्म त्यसको कुनै प्रोटोटाइप बनाएको छैन। यो उत्पादन बनाउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई चस्मामा एआर फिचरको अनुभव गराउनु हो।
यसैगरी एप्पलको कन्ट्याक्ट लेन्सबारे पनि कुनै जानकारी प्राप्त भएको छैन। यो उत्पादन सार्वजनिक हुन अझै धेरै वर्ष लाग्ने भएकोले कम्पनीले हतार नगरेको देखिन्छ। एप्पलका यी नयाँ उत्पादनले टेक्नालोजीमा अझ वृद्धि गर्ने मिङ–ची कुओको भनाइ रहेको छ।