जर्मन फुटबल प्रशिक्षक योकिम युरो कपपछि पद छाड्दै

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २५, जर्मनी राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योकिम लो ले युरो कप पछि आफ्नो पद छाड्ने भएका छन् । आगामी जुन–जुलाइमा हुने युरो कप पछि लो ले जर्मन टिम छाड्ने मंगलबार घोषणा गरेका छन् ।

सन् २००६ देखि लो जर्मन टिमको प्रशिक्षकको रुपमा रहेका छन् भने उनको प्रशिक्षणमा जर्मनीले सन् २०१४ को फिफा विश्वकप उपाधि जितेका थिए । २००६ को विश्वकपपछि योर्गन क्लिनसमेनले जर्मन टिम छाडेपछि लो प्रशिक्षक बनेका थिए ।

६१ वर्षीय प्रशिक्षक लो ले आफूले सुझबुझपूर्ण तरिकाले पद छाड्ने निर्णय गरेको बताएका छन् भने उनले जर्मन टिमका लागि काम गर्न पाउँदा आफू सम्मानित भएको समेत जनाएका छन् ।

 

प्रकाशित : 9 March, 2021

प्रतिक्रिया दिनुहोस्