मेगन मार्कल र प्रियंकाको दोस्ती अझै प्रगाड
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन २६, प्रिंस ह्यारी र मेगन मार्कलको अन्तवार्ता अहिले निक्कै चर्चामा रहेको छ । बीबीसीले लिएको उक्त अन्र्तवार्तमा सो दम्पतीले आफनो जीवनसँग जोडिएको समस्याबारे खुलेर बोलेका छन् ।
केही व्यक्तिले उनीहरुको व्यवहारको तारीफ गरिरहेका छन् भने केही व्यक्तिहरुले विरोध पनि गरिरहेका छन् । प्रियंका र मेगन मार्कलको दोस्ती अझै प्रगाड तर एक जना व्यक्ति भने सधैं मेगनको समर्थनमा हुन्छिन् । उनी हुन प्रियंका । मेगन मार्कलको विवाहमा समेत प्रियंका चोपडा उपस्थित थिइन् । यसबाहेक धेरै अवस्थामा प्रियंकाले मेगनलाई सपोर्ट गछिन् ।
सन् २०१६ मा एक डिनर पार्टीमा मेगन र प्रियंकाको भेटघाट भएको थियो । त्यपछि यी दुबै जनाको सम्बन्ध राम्रो भएको देखिन्छ । त्यसपछिका दिनमा यीनीहरुले बोन्ड समेत सार्वजनिक गर्न थालेका हुन् । दुबै जनाले सधैं एकअर्कालाई साथ र सहयोग गर्न थालेका छन् भने केही मौकामा दुबै जनाले रमाईलो समेत गर्ने गरेका छन् । २०१७ मा विन्डे विलियम्स शो मा प्रियंकाले मेगनको प्रशंसा गरेकी थिइन् । त्यतिबेला प्रियंका चोपडाले मेगनको बारेमा जे बोलेकी थिइन् ‘त्यसबाट पनि सावित हुन्छ कि चोपडाले मेगनलाई सम्मान गछिन् ।’
जब मेगनको आलोचना हुँदा प्रियंकाले बचाउने प्रयास गरिन् । जब प्रिंस ह्यारी र मेगनले आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका थिए, तब यो दम्पतीको खुब आलोचना भएको थियो । त्यतिबेला पनि प्रियंका चोपडा आफ्नो साथी मेगनको सपोटमा आएकी थिइन् । मेगनसँग मनमुटावको समाचारको प्रियंकाले सिधैं खण्डन गरेकी थिइन् । रोयल बेबी सावरमा प्रियंका चोपडा सहभागी भएकी थिइनन् । त्यतिबेला मेगन र प्रियंकाबिच मनमुटाव भएको समाचारको चर्चा चौतर्फी सुरु भएको थियो ।