बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरियो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २७, स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग समग्रमा ५-२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा पीएसजीले केलियन एमबाप्पेको पेनाल्टी गोलबाट ३१ औं मिनेटमा अग्रता बनाएको थियो भने खेलको ३७ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् । एन्टोनियो ग्रीजम्यानलाई पीएसजीका कुर्जावाले फउल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो ।

तर, मेस्सीको पेनाल्टी प्रहार पीएसजीका गोलकिपर नाभासले उत्कृष्ट बचाऊ गरेका थिए । मेस्सीले सन् २०१५ पछि पहिलो पटक च्याम्पियन्स लिगमा पेनाल्टीमा गोल गर्न नसकेका हुन् । यससँगै बार्सिलोना सन् २००६/७ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुग्न असफल भएको छ ।

 

प्रकाशित : 11 March, 2021

प्रतिक्रिया दिनुहोस्