केदार सङ्केतको कृति ‘अफगानी रणमैदान’ को लोकार्पण

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २७, साहित्यकार केदार सङ्केतको नवनीतम कृति ‘अफगानी रणमैदान’ को राजधानीमा लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरे, समीक्षकहरू प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई, प्राध्यापक डाक्टर कुमार कोइराला, डाक्टर नेत्र एटम, वरिष्ठ पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम काँतिचले संयुक्त रुपमा कृतिको विमोचन गर्नु भएको हो ।

कार्यक्रममा वक्ताहरूले सर्जक सङ्केतको यो कृति युद्ध साहित्यमा रुची राख्नेका लागि एक महत्वपूर्ण दस्तावेज भएको बताए । युद्ध साहित्यमा अहिले सम्म महत्वपूर्ण कृति प्रकाशित नभएको भन्दै वक्ताहरुले नेपाली साहित्यमा यस कृतिको खास महत्व प्रमाणित भएको धारणा राखे ।

युद्धको बर्बर अवस्था बाहेक माया, प्रेम, यौवनका सहित व्यङ्ग्यका पक्षहरूहरुलाई बेजोडसँग समेट्न कृति सफल भएको वक्ताहरूको भनाइ थियो । सांग्रिला बुक्सले यो पुस्तक प्रकाशित गरेको हो । आफैं जलिरहेको देश (कविता सङ्ग्रह), एथेन्सको झरी (नियात्रा), सङ्केतका कविताहरू लगायतका कृति प्रकाशित गरिसकेका सर्जक सङ्केत विभिन्न पुरस्कारहरूबाट पुरस्कृत भइसकेका छन् ।

समाचार : निर्मल अर्याल – पत्रकार

प्रकाशित : 11 March, 2021

प्रतिक्रिया दिनुहोस्