ईण्डोनेशियामा स्कूल बस दुर्घटनाहुदा २७ जनाको ज्यान गयो

काठमाडौं । फल्गुन २७, ईण्डोनेशियामा भ्रमणबाट फर्केको स्कूल बस दुर्घटनामा पर्दा २७ जनाको मृत्यू भएको छ।
स्कूलका केटाकेटीतथा उनिहरुका केही अभिभावक चढेको बस जाभा क्षेत्रको भ्रमण गरेर फर्कदाँ दुर्घटनामा परेको ईण्डोनेशियाका यातायात मन्त्रीले बताएका छन। चालकले बसलाई नियन्त्रणमा लिन नसक्दा पश्चिमी जाभा प्रान्तको सुमिदाङ भन्ने स्थानमा दुर्घटनामा परेको थियो।
जुनियर हाई स्कूलमा अध्ययनरत चढेको यो बस दुर्घटनामा ३९ जना बाँचेका थिए। घटनास्थलमा अन्य यात्रु पनि जिवित भेटिन सक्ने आशाले खोजी कार्य जारी रहेको छ। दुर्घटना कसरी भयो भन्ने जनाकारी आउन बाकी छ ।