सिंहदरबार अगाडि अनमोल र सुहानाको डान्स

काठमाडौं । फाल्गुन २८, चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सुरु भएको छ । तेश्रो चरणको छायांकन बिहिबारदेखि सुरु भएको हो । बिहिबार काठमाण्डौमा चलचित्रको छायांकन भयो । चलचित्रको काठमाण्डौको छायांकन सकेर यसको निर्माण यूनिट डोल्पा लागेको छ । डोल्पामा रहेको शे-फोक्सुन्डो तालमा चलचित्रको एक गीतको छायांकन हुने भएको छ ।
चलचित्रको छायांकनको कुनै पनि तस्वीर यसको निर्माणपक्षले सार्वजनिक गरेको छैन । तर, बिहिबार बिहान काठमाण्डौको सिंहदरबार अगाडि चलचित्रको एक गीतको छायांकन भैरहेको थियो । अनमोल र सुहाना सिंहदरबार अगाडि एक गीतको छायांकनमा व्यस्त देखिए । चलचित्र ‘ए मेरो हजुर ३’ले बम्पर व्यापार गरेपछि दर्शकले यो जोडीको प्रतिक्षा गरिरहेका छन् ।