टिकटकको भाइरल सडक

काठमाडौं । फाल्गुन २८, पछिल्लो समय सामाजिक सञ्जालमा टिकटक चर्चित हुँदै गएको पाइन्छ । सामाजिक सञ्जालले गर्दा धेरै कुराहरु भाइरल भइरहेको पाइन्छ । टिकटक बनाउनेको भिडका कारण दाङमा हिजोआज सडकनैं भाइरल भएको छ । यो सडकमा टिकटक बनाउनको लागि टाढा टाढाबाट युवायुवतीहरु यहाँ आउन लालयित हुन्छन र यसरी टिकटक बनाउनमै भुल्छन र रम्छन पनि ।
एक हप्ता यता यो दाङको घोराही उपमहानगरपालिका १० नारायणपुर देखि रोल्पाको होलेरी जोड्ने सडकलाई एकछिन पनि फूर्सद छैन । टिकटक बनाउन युवायुवतीहरुको तछाडमछाड देख्न सकीन्छ । गाडि गुड्ने सडकमा यसरी नाच्ने नाच्दाछन, गाउँने गाउँदा छन् अनि रमाउनेहरु टिकटक बनाउन अभिनय गरीरहेको देख्न सकीन्छ ।
खुलेको मौसममा समतलभूभागबाट देखिने वरीपरीको हिमालको दृष्य, अनि यस्तो नागबेली सडक नियाल्न पाउँदा कसको पो मन न रमाउला र रु भिडियो बनाउनेहरु बनाउदा छन् । सडकमा सुतेर टिकटकमा रमाउनेहरु रमाउदाछन अनि क्यामरामा आफ्नो तस्वीर कैद गर्नेहरु आतुर देखिन्छन । हेर्दा गाडि गुड्न भन्दा पनि टिकटककैलागि यो सडक बनाइएको हुनुपर्छ ।
सडकमा यसरी टिकटक बनानउनेको होडबाजी र चहल पहल बढेसंगै दुर्घटना जोखिम पनि उत्तिकै बढेको देखिन्छ । सडक निर्माण सम्पन्न भएको ३ महिना नबित्दै टिकटक भिडियोको कारण सडक भाईरल हुँदा यहाँ आउने आन्तरिक पर्यटकको पनि भिड लाग्न थालेको छ ।