सुनको मुल्यमा सामान्य बृद्वि

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०१,आइतबार सुनको मूल्य ४ सयले बढेर प्रतितोला ८६ हजार ६ सयमा पुगेको छ। शुक्रबार सुन तोलमा ८६ हजार २ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहेको सुनचाँदी व्यसायी महासंघले जनाएको छ।

शुक्रबार प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोही मूल्यमा कायम छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय २८ डलरमा कारोबार भइरहेको छ।

प्रकाशित : 14 March, 2021

प्रतिक्रिया दिनुहोस्